दमक, १० भदौं । जनता समाजवादी पार्टी नेपालले यहि मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा झापा क्षेत्र न ५ बाट उम्मेदवारी सिफारिस गरेको छ । पार्टी दमक नगर समितिको कार्यालयमा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका दमक ६ निवासी देउकुमार नेम्बाङलाई संघीय निर्वाचनका लागि एकल उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले बैठकले गरेको निर्णय आफनो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनी राजनीतिकसंगै विभिन्न सामाजिक क्षेत्रमा कृयाशील रहिआएका छन् ।
उनले फेसबुकमा लेखेका छन्,-‘आसन्न निर्वाचनमा उम्मेदवारीका लागि पार्टीले मलाई सर्वसम्मत रुपमा एकल उम्मेद्वारमा सिफारिस गरी पठाउने निर्णय गरेकोमा केन्द्रीय समन्वय मञ्च झापा,झापा क्षेत्र न ५ को क्षेत्रीय समिति, नगर समिति,गाँउपालिका समिति,वडा समितिहरु लगायत शुभचिन्तक,शुभेच्छुक महानुभाव, एवम् म आवद्ध जनता समाजवादी पार्टी, नेपाल प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।’