काठमाडौं ,१० भदौ । नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ ।सत्तारुढ कांग्रेसले आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म एकैसाथ अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।
अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।
अभियान अन्तर्गत झापामा कांग्रेसको विस्तारित बैठक
नेपाली कांग्रेस जनताको साथमा भन्ने केन्द्रीय अभियान कार्यक्रम अन्तर्गत कांग्रेस झापाले जिल्लास्तरिय बिस्तारित बैठक सम्पन्न गरेको छ । जिल्ला सभापति देउ कुमार थेबेको सभापतित्वमा बुधबार सम्पन्न बैठकमा काग्रेस हामन्त्री बिश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला लगायत केन्द्रीय सदस्यहरु,जिल्ला समिति, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, गाउँ रनगर सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरु, पूर्व मन्त्री, सांसद, पूर्व सांसद, मन्त्री, पूर्व मन्त्रीहरु, पूर्व पदाधिकारीहरु सहितको उपस्थितिमा निर्वाचन लक्षित अभियान सम्पन्न गर्न गाउँ नगरमा प्रतिनिधिखटाउने, अनुगमन समिति गठन लगायतका बिविध निर्णय गरिएको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिए।