केर्खा बजारमा व्यवस्थित पार्किङ्ग

केर्खा, ९ भदौ ।कमल गाउँपालिकाको केर्खा बजारमा जथाभावी रुपमा पार्किङ्ग गरिएका अटो, सिटी सफारीहरुलाई व्यवस्थित गरिएको छ । गाउँपालिकाको मुख्य केर्खा बजारमा पछिल्लो पटक सवारी साधनको रुपमा सिटी,अटो र भ्याजिकभ्यानको संख्या ह्वात्तै बढेपछि वडा कार्यालयको पहलमा व्यवस्थित गरिएको हो । सवारी चालकहरुले जथाभावी रुपमा पाकिङ्ग गर्नाले दुर्घटना हुने भएकाले त्यसलाई व्यवस्थित गरिएको कमल गाउँपालिका ३ का वडाअध्यक्ष अग्नि प्रसाद कोईरालाले बताए ।

उनका अनुसार अनियन्त्रित रुपमा पार्किङ्ग गरिएका सवारी साधन हरुमध्ये अटो र सिटी सफारीलाई केर्खा क्याम्पा सडको दाँया बायाँ तर्फको खालि ठाउँमा व्यवस्थित रुपमा पार्किङ्ग गरिएको छ भने म्याजिक भेनलाई पूर्व पश्चिम राजमार्ग उत्तरको खालि ठाँउमा पार्किङ्ग गरिएको छ ।

यदी कुनै पनि सवारी चालकले अटेर गरी जथाभाविरुपमा पार्किङ्ग गरिएको पाएमा त्यस्ता सवारी चालकलाई नियमानुसार कारवाही गरिने जनाएको छ ।

वडा नम्वर ३ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, केर्खा बजार व्यास्थापन समिति, सवारी चालक र ट्राफिक प्रहरी सहितको सहभागितामा सवारी साधनलाई व्यवस्थित गरिएको हो ।

तर यसरी व्यवस्थित रुपमा सवारीलाई पाकिङ्ग गरिएकोमा सवारी चालकलाई मारपर्ने सवारी चालक गुनासो गर्छन् । आफु खुशी चलाउदै आएका सवारी चालकले अव आलोपालो पर्खिएर मात्र चलाउनु पर्ने छ यसोगर्दा आम्दानी कम हुने सिटी चालक पुष्प खनालको बुझाई छ ।

केर्खा वजारलाई थप व्यवस्थित बनाउन सिटी,सफारीको समस्याका रुपमा रहेकाले यसले बजारको सुन्दरता विगार्नुका साथै दुर्घटना हुने सम्भावना पनि उत्तिकै रहेको स्थानीयको भनाई छ । तर अहिले वडा कार्यालयको पहलमा व्यवस्थित पार्किङ्गलाई निरन्तरता दिन लाग्नु पर्ने र यसले स्थानीय व्यसायीलाई समेत फाईदा हुने व्यवसायी चन्द्र फागो बताँउछन् ।

Leave a Reply

Your email address will not be published.