आदिवासी जनजाति महासंघ कमलको अध्यक्षमा साम्पाङ निर्वाचित


कमल,२६ साउन ।
नेपाल आदिवासी जनजातिमहासंघ कमल गाँउ समन्वय परिषदको अध्यक्षमा वदी राम साम्पाङ निर्वाचित भएका छन् । बुधबार गाउँपालिकाको सभाहलमा महासंघको सम्पन्न दोश्रो अधिबेशनले अध्यक्षमा साम्पाङ मतदानबाट निर्वाचित भएका हुन्। उनी केर्खास्थित फोनिक्स स्कुलका फाउन्डर समेत हुन्।
१७ सदस्यीय निर्वाचित समितिको तीन उपाध्यक्षमा तिर्थकुमार ताजपुरिया, ,अमृता लामा शेर्पा, अशोक सुनुवार, सचिवमा जय मोक्तान,सहसचिवहरुमा राजकुमार मगर, कमल मर्डी , रत्नमाया धिमाल र कोषाध्यक्षमा रेश्मा चेम्जोङ चुनिएका छन् ।यसैगरि ,सदस्यहरुमा शुरेस माँझी ,विजय मेचे, सुरज कुमाल, अजय उराँव ,केदार जिमी, घनश्याम भुजेल, यामनारायण प्रधान, देवनारायण चौधरी र शोभालाल राजवंशी चुनिएका छन् ।
महासंघको नयाँ नेतृत्व चयन गर्न भिम राईको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । महासंघ कमलमा विभिन्न १९ वटा जातिय संस्थाहरु आवद्ध छन् ।
त्यसैगरी अधिवेशनको उद्घाटन अवसरमा आदिवासी जनजातिका तर्फबाट कमल गाउँपालिकामा निर्वाचित हुने अध्यक्षमा हुकुमसिंह राई, वडा नम्वर २ का वडा अध्यक्ष अशोक सुब्बा, ७ नम्वर वडा अध्यक्ष पृथ्विपति राई ,कार्यपालिका सदस्य चन्द्कला लिम्बु, गंगादेबी राई, सोभियत राजवंशी, भगवती राई, वडा सदस्यहरु कल्पना राई,एङ्गल गुरुङ्, सन्त कुमार मगर,नविन राई, ओम प्रधान ,चुरुहाङ्ग लावतीलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.