छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

दमक,८ साउन । झापा र सुनसरीमा भएको सवारी छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा प्रदेश १–०१–०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिएर दुर्घटना हुँदा घाईते भएकी पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका–२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सडक खण्डमा प्रदेश १–०२–०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका–१६ का १८ बर्षीय कृष्ण चौधरीको बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.