दमकको वजेट पारित गर्ने सहमति,पूर्वाधार शुल्क कर खारेज

दमक, ७ साउन । दमकमा वजेट पारित गर्ने विषयमा सहमति भएको छ । करिव एक महिनादेखि स्थगित भएको दमक नगरसभा अब सहज रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
नगरपालिकामा आज बसेको कार्यपालिकाको बैठकले नगरसभाको गतिरोध अन्त्य गर्न विभिन्न बिषयमा शंसोधन गर्न सहमति जुटेपछि अव नगरसभाबाट बजेट पारित गरेर जाने सहमति भएको हो । असार १० गते शुरु भएको ११ औ नगरसभा विवादका बीच नगर सभा तीन पटक स्थगित भईसकेको छ भने पुनः साउन १० गते सभाध्यक्ष तथा नगर प्रमुख राम थापाले बैठक आहवान गरेका छन् । वजेट पारित नहुदाँ नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित हुदैआएको थियो ।
नगरसभाको गतिरोध लम्बिदै गएपछि पछिल्ला समय जनस्तरबाट जनप्रतिनिधिहरुलाई दबाब दिदै आएका थिए । विवादका कारण नगरसभाले वजेटसहितको नीति तथा कार्यक्रम पारित गर्न सकेको थिएन् ।
कार्यापालिका बैठकले आइतबारदेखि सबै वडाबाट विभिन्न सिफारिस जारी गर्ने र राजस्व संकलन गर्न कानुनी अड्चनलाई पनि फुकुवा गराएर कार्य सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
असार १० गते नगरको एघारौं नगरसभामा पेश भएको बजेट , नीति तथा कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिले संसोधनका लागि सुझाव दिएको थियो । शंसोधनको विषयलाई सभाध्यक्षले महत्व नदिएको भन्दै एमालेबाट निर्वाचित बहुमत जनप्रतिनिधिहरुको विरोधका कारण पटक पटक नगरसभाको बैठक स्थगित हुदैआएको थियो । नगर सभा सदस्य कमल श्रेष्ठले आफूहरुले उठाएको शंसोधनको प्रस्तावलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि वजेट पारित गर्ने सहमति जुटेको जानकारी दिए ।
पूर्वाधार शुल्क कर खारेज
दमक नगरपालिकाले उठाउदै आएको पटके सवारी कर अव नउठाउने निर्णय भएको छ । पूर्वाधार सेवा शुल्क करको नाममा उठाउदै आएको पटके कर दमकमा लामोसमयदेखि विवादित हुदै आएको थियो ।
नगर प्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईले निर्वाचनको समयमा र पछि बिजय सभामा पटके सवारी कर नलिने बताएका थिए । यद्यपी नगरपालिकाले पूर्वाधार शुल्कको नाममा पटके सवारी करको दर रेट सहित उक्त कर तिर्न आग्रह सहित सूचना निकालेको थियो । पटके सवारी कर खारेजको बिषयमा कसले जस लिने भन्ने ठुलो विवाद रहेको थियो । नगर प्रमुख थापाले पनि विशेष प्रस्तावको रुपमा यसलाई ल्याउने कोसिस गरेका थिए ।
कार्यापालिकाको आज बसेको बैठकले पूर्वाधार शुल्कको नाममा उठाइने गरेको पटके सवारी कर खारेज गर्ने सहमति भएको दमक ८ का वडाअध्यक्ष दिपेश दाहालले बताए ।

Leave a Reply

Your email address will not be published.