जनकर्मी परिवारले दिए नमुना बाल गृहलाई शैक्षिक सामाग्री

दमक,७ साउन । दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिका पुर्नास्थापना भएका नरेश जनकर्मीसहित उनका परिवारले मोरङको उर्लावारीमा रहेको नमुना वाल गृहलाई शैक्षिक साममग्री सहयोग गरेका छन् ।
नेपाल घुम्न आएका बेला उनीसहित श्रीमती इन्द्रवती रसाइली ,आमा इन्द्रमाया रसाइलीले विहिवार बालगृहमा पुगेर त्यहाँ रहेका नानीबाबुहरुलाई लक्षित गरि कपि,कलम, डाइफर सहयोग हस्तान्तरण गरेका हुन् । मनकारी दाता परिवारले त्यहाँ आश्रित बालबालिकाहरुलाई भोजन समेत गराएको अभियानमा संलग्न काजी राउतले बताएका छन् । सहयोग सामाग्रीहरु करिव रु ३० हजार मूल्य बराबरको रहेको छ ।
सहयोग सामाग्री बुझ्दै नमूना बालगृहका सचिव जीवन घिमिरेले सहयोगी दाताहरुको पुनित कार्य अत्यन्त प्रशंसनीय भएको भन्दै धन्यवाद दिएका थिए ।सहयोग सामाग्री हस्तान्तरणमा दातापरिवारसहित सन्देश कालिकोटे,सरोज लकान्द्री ,काजी राउत लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.