ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या

ताप्लेजुङ, ७ साउन । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । फुङ्लिङ नगरपालिका–९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले ५४ वर्षीया श्रीमती कान्छीमाया लिम्बूको हत्या गरेका हुन् । प्रहरीका अनुसार शुक्रबार करिव ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर शुक्रबार राति करिव ८ः३० बजे सव सदरमुकाम ल्याई पुराएर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । यता घटनामा संलग्न साँबालाई पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.