साहित्य कला संगमको नयाँ नेतृत्व

दमक,६ साउन । साहित्य ,कला र संस्कृतिको क्षेत्रमा लामोसमयदेखि क्रियाशील संस्था साहित्य कला संगम दमकको नयाँ नेतृत्व चयन भएको छ । संगमको आज सम्पन्न १९ औं साधारण सभाले बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
१३ सदस्यीय निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिन्दु दाहाल (मुकदर्शक ),उपाध्यक्षद्धयमा यादवप्रसाद अधिकारी,दुर्गा खनाल (काफले ),महासचिवमा दिपक सुवेदी,सचिवमा बलिभद्र कोइराला,सहसचिवमा हरि पराजुली र कोषाध्यक्षमा ओमप्रसाद खनाल चुनिएका छन् । यसैगरि सदस्यहरुमा डा. लेखनाथ न्यौपाने,गंगादेवी चापागाई,विरेन्द्र खड्का ,गोपाल दाहाल, ओमप्रकाश गौतम लगायत चुनिएका छन् ।
संस्थाका अध्यक्ष नरपति पाण्डेको अध्यक्षता तथा दमक प्रज्ञा प्रतिष्ठानका कार्यवहाक अध्यक्ष जीवन गुरुङको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उद्घाटनमा संस्थाका महासचिव विन्दु दाहालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साभारणसभामा संस्थाका सल्लाहकारहरु कुल प्रसाद ढकाल, प्रा.डा. गोपाल भण्डारी, कमल प्रसाद वस्ती , प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना ,जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भुमि प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.