सिटी र मोसा जुध्दा एकको मृत्यु, तीन जना घाईते

दमक,६ साउन । झापाको कमल गाउँपालिका -६ स्थित गुहाबारीमा भएको सवारी दुर्घटनामा परेर एक जना जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
सिटी सफारी र मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक कमल -७ का २४ बर्षिय रोशन कोईरालाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा आज दिउँसो तीन वजेतिर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बिहिबार राती करिब ७ बजे त्यहाँस्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १ ह २४२३ नम्बरको सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका मोटरसाइकल पछाडी सवार १९ बर्षिय रेवत सुबेदीको विराटनगरस्थित न्यूरो अस्पतालमा ,कमल -७ का २१ बर्षिय भविन मगरको बिएण्डसी अस्पताल बिर्तामोड र सिटी रिक्सामा सवार कमल -५ की ६५ बर्षिया सुकमाया माझीको दमकको एडभान्स अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र सिटी रिक्सा चालक ५२ बर्षिय दिलमान माझीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.