कमल ,६ साउन । नेपाली कांग्रेस कमल गाउँपालिकाले ४१ औ बिपी स्मृति दिवसको अवसर पारेर आज शुक्रबार विभिन्न कार्यक्रम गरि मनाएको छ । कांग्रेस कमल गाउँपालिकाको कार्यालयमा आयोजित स्मृति दिवसको अवसरमा बिचार गोष्ठी तथा वृक्षरोपण समेत गरिएको काङ्ग्रेस कमलका सभापति बुद्धि न्यौपानेले जानकारी दिए । कार्यक्रमका सहभागिहरुले बिपीका बिचारहरु अहिले पनी उत्तिकै सान्दर्भिक रहेकाले काङ्ग्रेस अनुशरण गर्न भुल्नु नहुनेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस १ नम्बर प्रदेश सदस्य तथा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजबंशीको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा संविधानसभा सदस्य विश्वदिप लिङदेन, महाधिबेशन प्रतिनिधि डा. खगेन्द्रपाण्डव अधिकारी, राजन ढुंगाना लगायतले नेपाली राजनीतिमा बिपीले पु¥याँएको योगदानको चर्चा गरेका थिए ।
सो अवसरमा पार्टी कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको सभापति न्यौपानेले जानकारी दिए । स्मृति दिवसकै अवसर पारेर आसन्न प्रदेशसभाको निर्वाचनमा उनले आफ्नो उम्मेद्बारी रहने घोषणा समेत गरेका थिए ।