दमक ,६ साउन । कोरोनाका नयाँ संक्रमितहरु देखिन थालेपछि दमक नगरपालिकाले यसअघि सञ्चालन गरेको कोभिड उपचार केन्द्रलाई तयारी अवस्थामा राखेको छ । दमक वडा नम्बर २ स्थित बेलडाँगीमा रहेको कोभिड उपचार केन्द्रको नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले अनुगमन तथा निरीक्षण समेत गरि बिशेष उपचार केनद्रलाई तयारीमा राख्न पहल थालिएको जनाईन् ।
कोरोनाका नयाँ संक्रमितहरु बढ्दै जाँदा उपचारमा समस्या नहोस भनेर उपचार केन्द्रलाई थप व्यवस्थित गर्न लागिएको उनले बताईन् । बिरामीहरु आउन थाले तत्कालै उपचार सुर हुने गरी उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको नगरपालिकाकी उप प्रमुख भट्टराईले जानकारी दिइन् । उपचार केन्द्रको सरसफाई गरी अक्सिजन सिलिण्डरहरु भरेर बेड सहित तयारी अवस्थामा राखिएको उनले बताईन् । कोरोनाको नयाँ संक्रमण बढ्न थालेकाले साबधानी अपनाउन उनले नगरबासीलाई आग्रह गरिआएकी छिन् । भरसक रोग लग्नै नदिन साबधानि अपनाउन आग्रह गर्दै संक्रमण देखिए तत्काल उपचारमा आउन समेत उनले आग्रह गरिन् ।
कोभिड उपचार केन्द्रमा यसअघिका लहरमा संक्रमितहरुको उपचार गरिँदै आएको थियो । तर संक्रमित बिरामीहरु आउन छाडेपछि उपचार केन्द्र सुनसान भएको थियो । अहिले संक्रमण देखिन थालेसंगै पुन तयारी अवस्थामा राखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । उक्त उपचार केन्द्रमा ३० बेडको सुबिधा सहित गम्भिर प्रकृतिका बिरामीहरुलाई समेत उपचार गर्न सक्ने व्यवस्था मिलाईएको छ । आवश्यक परे भेन्टीलेटर पनि उपलब्ध गराएर उपचार गर्ने गरि तयारी अवस्थामा राखिएको उनले बताए ।