बीपि स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

दमक,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.विश्वेश्वर प्रसाद कोइरालाको ४१ औं वीपि स्मृति दिवसको अवसर पारेर आज शुक्रबार दमकमा विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
नेपाली कांग्रेस दमक नगर समितिको आयोजना तथा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि दमक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलपूmल वितरण गरिएको नगर सचिव दिपेश दाहालले जानकारी दिए ।

सो अवसरमा कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य समेत रहेकी दमक नगर उपप्रमुख रेगिना भटटराई प्रसाइँ, प्रदेश समिति सदस्य चन्द्रा खडका भटटराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र (ख ) का सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, महाधिवेशन प्रतिनिधि मन्धरा चिमरिया पौडेल लगायत नेता, कार्यकर्ताहरुको उल्लेखिय सहभागिता थियो ।
दिवसको अवसरमा कांग्रेसले झापाका सबै पालिकामा विबिध कार्यक्रम गर्ने पूर्व तयारी अन्तर्गत शुक्रबार सबै ठाउँमा विबिध कार्यक्रमहरु गरि कांग्रेसले वीपि स्मृति दिवस मनाउँदै छ । नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.