इलाका प्रशासन कार्यालय गौरीगञ्जको भवन शिलान्यास

गौरीगञ्ज,५ साउन । ईलाका प्रशासन कार्यालय गौरीगञ्जको आफनै भवन बन्ने भएको छ । कार्यलय भवन निर्माणका लागि गौरीगञ्ज ३ मा आज एक कार्यक्रम गरि झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजाल र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवति राजवंशीले संयुक्त रुपमा शिलान्यास गरे ।
ईलाका प्रशासनको भवन निर्माणका लागि पालिकाका निर्वतमान अध्यक्ष बाबुराजा श्रेष्ठ, निर्वतमान वडाअध्यक्ष मखना महत्तो, केशब अग्रवाल, महेश्वर कार्कीले २ कठ्ठा १० धुर जग्गा निशुल्क प्रदान गरेका थिए ।
२०७२ सालमा गौरीगञ्जमा ईलाका प्रशासन कार्यालय स्थापना भएपनि आफ्नो भवन नहुदाँ घर भाडामा लिई सेवा दिदै आएको थियो । भवन निर्माणको जिम्मा प्रबिण निर्माण सेवाले पाएको छ । ३ तलाको प्रशासनिक भवनमा सभाहलसहित १२ कोठा रहने ईन्जिनियर भुपेन्द्र यादवले जानकारी पदए ।
शिलान्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने,ईलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत सूर्यमान बाँनिया, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.