दमक,५ साउन । नेकपा माओवादी केन्द्र दमक -४ को इन्चार्जमा युवा व्यवसायी अशिम राई चुनिएका छन् । पार्टीले वडा संगठन मजवुत बनाउन मुख्य जिम्मेवारीका साथ उनलाई वडा इन्चार्ज तोकेको हो ।
राई दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ,सहकारीकर्मी तथा पूराना फर्निचर व्यवसायी हुन् । राजनीतिसंगै सामाजिक कार्यमा उनको सक्रियता छ ।
यसैगरि पार्टीले वडा सह–इन्चार्जद्धयमा मानबहादुर श्रेष्ठ र समुन्द्रा लामालाई जिम्मेवारी दिएको छ । त्यसमध्ये लामा राजनीतिसंगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेकी छन् । यसैगरि पार्टीले वडा अध्यक्षमा शुसील कार्कीलाई जिम्मेवारी दिएको माओवादी केन्द्र दमक नगर कमिटी ले जनाएको छ ।