दमक १० का भुमिहिनलाई धनिपूर्जाको निस्सा वितरण सुरु


दमक ,१ साउन । दमक नगरपालिका १० का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपूर्जाको निस्सा वितरण शुरु गरिएको छ ।वडा कार्यालयमा आज एक कार्यक्रमका बीच दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपूर्जाको निस्सा वितरण गर्नु गरेका हुन् ।
वडाअध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताए ।
निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपूर्जा समेत उपलब्ध गराईने उनले बताए । त्यसैगरी नगर उपप्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताए । आयोगका अध्यक्ष पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपूर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
निस्सा वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष गगन पुरी, राप्रपाका झापा जिल्ला उपाध्यक्ष बिजय बराल, जसपा दमक अध्यक्ष खेम दाहाल, पूर्व वडाअध्यक्ष बोधराज न्यौपाने लगायतले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.