मोरङ,३१ असार । कोरोना संक्रमणका कारण मोरङमा आज एक जना कैदीबन्दीकोे मृत्यु भएको छ ।मृत्यु हुनेमा विराटनगर महानगरपालिका–८ मा रहेको कारागारका कैदी सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपाल रहेका छन् । कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको र अन्य १८ जना संक्रमितको भने उपचार भइरहेको छ ।
अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको शुक्रबार एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ ।मृतकको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारमा हाल १ हजार ८७ जना कैदी बन्दी रहेका छन् ।