–सन्तोष गिरी
चुलाचुली,२६ असार । इलामको चुलाचुलीमा रहेर डेढ दशकदेखि भाषा,साहित्य तथा रंगमञ्चका क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा चेतन आङ्थुपो प्रदेश सरकारबाट नवोदित भाषा,साहित्य,कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार २०७९ बाट पुरस्कृत हुने भएका छन् ।
हरेक बर्ष प्रदेश १ भित्रका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउदै आएका श्रष्टाहरुलाई सम्मान तथा प्रोत्साहन दिने उद्देश्यले उक्त सम्मान तथा पुरस्कारबाट आङ्थुपोसहित १९ जना श्रष्टा एकैसाथ पुरस्कृत हुदै छन् । असार २७ गते विराटनगरमा हुने उक्त सम्मान तथा पुरस्कार वितरण प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले गर्न लागेको हो । उक्त पुरस्कार मन्त्रालयले प्रत्येक बर्ष स्रष्टाहरुलाई सम्मान गर्ने गरेको छ ।
बचपनदेखि नै लेखन र अभिनयमा रुचि राखेका आङ्थुपोले बिं।स. २०६० साल देखिनै परम्परागत नाट्य शैलीमा अभिनय गर्दै रंगमञ्चिय यात्रा स्थापना गरेका थिए । जस बखत उनी कक्षा ९ मा अध्यनरत थिए ।
चुलाचुलीमा बिसं २०४२ साल यता देखि नेपाली रंगमञ्चको इतिहास रहेको पाइएता पनि २०६५ सालमा आङ्थुपोद्धारा निर्देशित परिवर्तन नामक पहिलो सडक नाटकबाट चुलाचुलीको भौगोलिक परिवेशमा नाटक क्षेत्रको नयाँ शैली प्रवेश भएको मान्न सकिन्छ।
आङ्थुपो आफू मात्र रंगमञ्चमा रमाएनन उनले सयौं युवा युवतीहरुलाई सपना देखाए अनि रंगमञ्चमा बाँच्न सिकाउदैआएका छन् । उनले कला मार्फत समाजलाई सधै विकृति र विसङ्गतिको बिरुद्ध सचेत मात्र बनाएनन कुलतमा फसेका युवाहरुलाई सिर्जनशील सम्म बनाउने कार्यमा महत्वपूर्ण योगदान पुरयाँउदैआएका छन् ।
आङ्थुपोद्धारा लिखित तथा निर्देशित २ दर्जन भन्दा बढी नाटकहरु मञ्चन भएका छन् । जस मध्ये डेढ दर्जन सडक नाटक रहेका थिए भने किपोट ,सुुविउ चरी , देवाङ्सी राजा, खाल्डो , माङ्गेना, रिठ्ठुु , र सिमिक्वा उनीद्धारा लिखित तथा निर्देशित ब्लाक बक्स का स्टेज नाटकहरु थिए ।
ती मध्ये नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय नाटक महोत्सवमा भने देवांसी राजा (२०७३ ), खाल्डो (२०७४ ) र सिमिक्वा (२०७९) छनौटमा परि मञ्चन भएको थियो भने २०७६ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मांगेना नाटक मञ्चन भएको थियो ।
डर्जन मर्डर ग्रुपदेखि नयाँ बाटो नयाँ पाइला नाट्य समूह र हाललाई चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष समेत रहेका आङ्थुपोले विभिन्न म्युजिक भिडियो लगायत सेवारो बाजे नामक वेव सिरिज निर्देशन गरिसकेका छन ।
२०४३ फाल्गुण ५ गते इलामको चुलाचुली ४ स्थित शान्ति चौकमा जन्मिएका आङ्थुपोले साहित्य विदामा विभिन्न संयुक्त कृतिहरु प्रकाशित गरेका छन् भने नयन प्रीती नामक लघु उपन्यास उनको प्रकाशित कृति हो । यस संगै उनी विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध समेत रहेका छन ।
नाटय,साहित्यसंगै उनी पत्रकारिताको क्षेत्रमा पनि आफ्नो अलग्गै पहिचान बनाउदै आएका छन् । चुलाचुली मिडियाका सञ्चालक उनले थुप्रै पत्रिका,अनलाइनमा काम गरिसकेका अनुभव सम्हालेका छन् ।