प्राथमिक स्वास्थ्य केन्द्र अव गौरीगञ्ज अस्पतालमा स्तरनन्ति


गौरीगञ्ज ,२६ असार । झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अव अस्पतालको रूपमा सञ्चालन हुने भएको छ ।आर्थिक वर्ष २०७९-८० को श्रावण १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैययाको गौरीगञ्ज अस्पतालको रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा फिजिसियन डा. विनोद साहसहित हाल तीन जना चिकित्सक कार्यरत छन्।
स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सवै प्रकृया गरेपछि साउन १ गतेदेखि विधिवत अस्पतालमा बिस्तार हुने गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताईन् । भारतीय सिमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास अस्पताल छैनन् । त्यहाँका विरामीहरु सोहि प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनु बाँध्यता रहिआएको थियो । त्यहाँ स्वास्थ्य सेवा लिन दैनिक १५० बढी विरामीहरु आउने गरेका छन् ।
यसैवीच, स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरि अस्पताल बनाउने भएपछि आफनै ठाँउमा विशेषज्ञ स्वास्थ्य सुविधा पाउनेमा आशावादी देखिएका छन् ।
यसैगरि, अस्पतालको सेवामा सहयोग पुरयाउँन स्वास्थ्य विभागले हालै रु ५ लाख बराबरको स्वास्थ्य सामाग्रीहरू निशुल्क प्रदान गरेको छ । विभागबाट उपलव्ध अक्सिजन सिलिण्डरलगायतका ती स्वास्थ्य सामाग्रीहरु पालिका अध्यक्ष राजवंशीसहितका जनप्रतिनिधिहरुले बुझिसकेका छन् । उनले अस्पतालमा गुणस्तरिय सेवा प्रदान गर्न छिट्टै थप डिजिटल भिडियो एक्सरे मेसिन र एम्बुलेन्स पनि उपलब्ध गराउन लागिएको बताइन्।
यसैवीच, उहाँले गौरीगञ्ज ५ जनताचौक छेउमा निर्माण हुने वडास्तरिय स्वास्थ्य चौकीको समेत शिलान्यास गरिन् । करिब रु ४० लाख रूपैयाँको वजेटबाट स्वास्थ्य चौकी निर्माण हुने वडाअध्यक्ष विजय सिंह गन्गाईले बताए । वडा कार्यालयले स्वास्थ्य चौकीको आफनै भवन नहुदाँ यसअघि भाडाको एक घरदेखि वडाबासीलाई स्वास्थ्य सेवा उपलव्ध गराउदैआएको जनाएको छ । स्वास्थ्य चौंकीको भवन निर्माण गर्न वडाध्यक्ष गन्गाईले करिव रु २० लाख मूल्य पर्ने २ कट्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published.