बिर्तामोड, २५ असार । झापाको बिर्तामोडस्थित पश्चिम स्टेण्डका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ ।
दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले त्यहाँका होटहरुमा छापामारी नौजना युवतीलाई पक्राउ गरेको हो ।
छापामार्ने क्रममा अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात र सूर्योदय टोलस्थित एक घरबाट दुईजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बितले र्जामोडले जनाएको छ । बिर्तामोडका डीएसपी रूगमबहादुर कुबरका अनुसार प्रहरीले बिर्तामोड क्षेत्रका अन्य होटलमा पनि छापामार्ने क्रम जारी रहेको छ ।
पक्राउ पर्नेमध्ये एकजना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एकजना गरी दुईजनालाई अस्पताल पठाइएको डीएसपी कुबरले जानकारी दिए । बाँकी सातजनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पक्राउमा परेका युवतीहरु २० देखि ३० वर्षका रहेका र उहीहरु बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको प्रहरीले जानकारी दिएको छ ।
मानब बेचबिखनका फरार प्रतिवादी पक्राउ
मानब बेचबिखन तथा ओसार–पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि अदालतमा बुझाई अदालतको आदेश पछि कैद भुक्तानका लागि सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ । पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसारपसार मुद्धामा ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।