दमक ,२४ असार । दमक नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी सरोकारवालाहरु संग छलफल गरेको छ । बर्षातको समयमा हुने विपदलाई सहि ढंगले व्यवस्थापन गर्न उद्देश्यले नगर प्रमुख, उप प्रमुखसहितले सरोकारवाला निकायहरुसंग छलफल गरेका हुन् ।
दमक नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको छलफलमा उप प्रमुख रेगिना भट्टराईले विपद व्यवस्थापनको लागी सबै निकायको समन्वय आवश्यक रहेको बताउँदै विपद न्यूनीकरणका लागी दमकले गरिरहेको तयारीको बारेमा जानकारी गराएका थिइन् ।
कार्यक्रममा नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाका सेनानी जुद्ध निरौलाले विपद व्यवस्थापनको लागी विपद सुरु हुनु भन्दा पहिलै देखि योजना बनाउनु पर्ने औल्याए । नेपाली सेना जुनसुकै बिपदको व्यवस्थापनमा अग्रपंतिमा रहने भन्दै उनले यसका लागी समयमै तयारी सुरु गर्नु पर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरीले खोला र पैनी मिचेर संरचना निर्माण गर्दा दमक पानीजन्य बिपदको उच्च जोखिममा रहेको बताए ।
त्यस्तै, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शसी राईले रतुवा र मावाको वीचमा रहेको दमक विपदको उच्च जोखिममा रहेको भन्दै अन्य साना खोल्सा तथा पैनिहरुले पनि दमकमा विपदको जोखिम बढाएको बताए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका तर्पmबाट प्रेम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
शिक्षकका लागी मनोबिमर्श तालिम समापन
दमक नगरपालीकामा रहेका बिद्यालयका शिक्षकहरुका लागी सञ्चालित दुई दिने मनोबिमर्श सम्बन्धि तालिम सकिएको छ । दमकमा रहेका २१ वटा सामुदायिक बिद्यालयका शिक्षकहरु सहभागिता रहेको थियो ।
बिद्यार्थीहरुमा देखिने मनो सामाजिक समस्याहरुको पहिचान र तिनको समाधानका लागी शिक्षकहरुको जिम्मेवारीको बारेमा तालिममा सहजीकरण गरिएको थियो । अष्ट्रेलियन एड तथा द एशिया फाउण्डेसनको सहयोगमा सञ्चालित तालिममा सिविनका प्रशिक्षक इन्दिरा प्रधानले सहजीकरण गरेका फाउण्डेसनका प्रदेस नम्बर १ का संयोजक श्याम सापकोटाले जानकारी दिए ।
तालिम समापनमा सहभागीहरुको तर्पmबाट दमक २ स्थित सरस्वती आधारभुत बिद्यालयका शिक्षिका लक्ष्मीमायाँ चौहानले तालिम उपयोगी भएको सुनाइन् ।