बिराटनगर, २३ असार ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले कार्यभार सम्हालेका छन् ।
विहिबार कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नेपाल सरकार मन्त्रिस्तरको यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका थिए ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपूर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सकेका छन् । बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरि सफलता हसिल गरेका छन् । यसैगरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जनचाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।