धनुषा ,२१ असार / धनुषा जिल्लास्थित जनक नन्दनी गाउँपालिकाका दुई जना युवा ८३ लाख बढी स्रोत नखुलेको अबैध रकम सहित पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा जनकनन्दनी -५ का ३६ बर्सिय इस्वर मण्डल र १९ बर्से राजेश मण्डल रहेको महोत्तरीस्थित शसत्र प्रहरी बल छिन्नामस्ता बाहिनीका गणपति गणेश ठाडा मगरले जानकारी दिए । उनका अनुसार आज दिउँसो १.१५ बजे तिर नेपाल भारतको सिमा स्थित जनकनन्दनी -१ इनर्वामा चेकजाचको क्रममा ऊनीहरु समातिएका हुन । ज.७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा लिएर आउदै गरेका अवस्थामा दुबै युवा नियन्त्रणमा परेको उनले बताए । बिओपिका सशस्त्र प्रहरी शम्भु कतुवालको गस्ती टोलिले पक्राउ गरेको हो । प्रहरीका अनुसार आलुको बोरा भित्र ती नोटहरु फेला परेको ज्जनाएको छ।
ऊनीहरुको साथबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय नेपाली नोट बरामद गरि थप कारबाहीका लागि जनकपुरस्थित भन्सार कार्यालयमा बुझाइएको गणपति मगरले बताए । पक्राउ परेकाको साथबाट १ हजारका ७ हजार थान,५ सयको २६९९ थान,१०० को १ सय र ५० को ५० थान नोट रहेको बताइएको छ।