दमक,२० असार / बर्षासंगै चट्याङ पर्दा आज बिहान दमक १० का एक जना किसानको घर नजिकैको परालको माचमा आगलागी भएको छ । चट्याङका कारण स्थानीय नवराज सुवेदीको करिब २ बिगाहा धान खेतको पराल नष्ट भएको छ । आगलागि स्थानीय र दमक नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यहाँ मानवीय क्षति भने भएको छैन ।