कमल गाउँपालिकाद्वारा ७१ करोडको बजेट पारित ,उत्कृष्ट कर्मचारी सम्मान


कमल,१७ असार /झापाको कमल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कूल ७१ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको बजेट पारित गर्दै ११ औं गाउँ सभा सम्पन्न गरेको छ ।
शुक्रबार गाउँपालिकाको सभाकक्षमा अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न गाउँसभाले यसअघि सभामा अध्यक्ष राईबाट प्रस्तुत नीति कार्यक्रमसहित बजेट तथा कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रमिला न्यौपानेबाट प्रस्तुत भएको सो बजेट तथा कार्यक्रम संशोधनसहित सर्वसम्मतबाट पारित गरेको हो ।
गाउँ सभा समापनका अवसरमा गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा लेखा अधिकृत सृजना राईलाई पुरस्कृत गरिएको छ भने विभिन्न शाखाबाट ६ जनालाई कर्मचारी पुरस्कार प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।
उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत राईले नगद २० हजार रुपैयाँ सहित प्रमाण पत्र पाएकी छिन भने कर्मचारी पुरस्कारबाट पुरस्कृत वडा नं ४ मा कार्यरत सहयोगी कर्मचारी , पालिकामा कार्यरत सहयोगी कर्मचारी मुक्ति माझी, प्राविधिक शाखामा कार्यरत इञ्जिनियर सागर यादव , स्वास्थ्य शाखामा कार्यरत कुशल श्रेष्ठ , पशु सेवा शाखामा कार्यरत दिपिन्द्र लामिछाने रहेका छन । उनीहरुलाई पालिका अध्यक्ष राई, उपाध्यक्ष न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले पुरस्कार एवं प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.