बाढी प्रभावित परिवारलाई काङ्ग्रेसको राहत

गौरादह ,१६ असार । नेपाली काङ्ग्रेसले झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित परिवारलाई खाद्यान्न राहत प्रदान गरेको छ। 

नेपाली कांग्रेस झापा क्षेत्र न ५ (क) ले गौरादह ५ चाप्रामारीका ५० बाढी पीडित  घर परिवारलाई  राहतको प्रदान गरेको सभापति जीवन राइले बताए ।

केन्द्रीय सांसद समेत रहेकी संघीय सान्सद महेन्द्र कुमारी लिम्बु सहित कांग्रेस झापा क्षेत्र न ५ (क) को एक टोलीले बिहिबार बाढी प्रभावित क्षेत्रको  स्थलगत निरिक्षण गरेर फर्किएपछि स्वैच्छिक रुपमा नेता कार्यकर्ताहरुबाट सो राहत संकलन गरिएको थियो।

कांग्रेस झापा क्षेत्र नं ५ (क) को आयोजनामा पार्टीका नेता, कार्यकर्ताहरुबाट स्वैच्छिक रुपमा संकलन भएको रकमबाट प्रति परिवार एक/एक बोरा चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यन्न राहत प्रदान गरिएको पार्टी सभापति राईले जानकारी दिए।

राहत वितरण कार्यक्रममा केन्द्रीय सदस्य सुब्बा , नेपाली कांग्रेस क्षेत्र न ५ का सभापति ढुण्डिराज भण्डारी, प्रदेश सभापति राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिडाक्टर खगेन्द्र पाण्डव अधिकारी, हेमन्त कार्की, लक्ष्मी बाह्रकोटीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.