गोलियाले किचेर युवकको मृत्यु

पाँचथर,१२ असार । पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथर,फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आइतवार मृत्यु भएको हो ।
गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.