
गौरादह,११ असार । नेकपा एमाले गौरादह नगर कमिटीले आफ्ना नेताको घर अगाडि बम जस्तो देखिने वस्तु राखेर त्रास मैलाउनेलाई कार्वाही गर्न सरकार समक्ष माग गरेको छ । पार्टीका नगर अध्यक्षत्र मित्रदेव काफ्ले शनिवार विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।
शुक्रवार विहान एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश १का पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, एमाले केन्द्रीय अनुसन्धान आयोगकी सदस्य लीला कट्टेल कार्की र पार्टी जिल्ला अध्यक्ष एवम् संविधान सभा सदस्य दीपक कार्कीको गौरादह–३स्थित घर अगाडि कुकरमा विद्युतीय तार जोडेर छोडेको अवस्थामा फेला परेको थियो ।
‘बम जस्तो वस्तु राखी समाजमा त्रास, भ्रम फैलाउँदै समाजसेवामा आफ्नो सम्पूर्ण समय वेथित गरेको राजनीतिक नेतृत्वको मनोबल गिराउने उद्देश्यका साथ गरिएको घृणित कार्यप्रति हाम्रो पार्टी भत्र्सना गर्दछ’– विज्ञप्तिमा भनिएको छ– ‘यस्तो आपराधिक कार्य गर्ने जो कोहीलाई अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन सरकार समक्ष आग्रह गर्दछौं ।’
सार्वजनिक स्थल, भीडभाड हुने संवेदनशील स्थान लगायत सार्वजनिक व्यक्तित्वको सुरक्षामा विशेष ध्यान पु¥याउन एमाले गौरादहले सरकारसँग आग्रह गरेको छ ।