
झापा, ९ असार । झापाको शिवसताक्षीस्थित कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ । शव सडेको अवस्थामा बुधबार साँझपख फेला परेको हो । खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुन सक्छ ।शवको वतन खुल्न सकेको छैन् । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको उनले जनाएका छन् ।