
गौरीगञ्ज ८ , असार । गौरीगञ्ज गाउँपालिकाको प्रवक्तामा वद्रीनारायण यादव नियुक्त भएका छन् ।आज बुधवार बसेको कार्यपालिकाको वैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
गौरीगञ्ज गाउँपालिकाबाट सम्पादन हुने काम कारवाहीको सम्बन्धमा जानकारी गराउने आधिकारिक अधिकारीको रूपमा यादवलाई प्रवक्तामा नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले बताए । नेपाली कांग्रेसबाट यादव गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ का निर्वाचित वडाध्यक्ष हुन् ।