
दमक, ८ असार । नेकपा एमालेका नेता तथा झापा क्षेत्र न. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले आफनो निर्वाचन क्षेत्रका एक जना अग्नी पीडितको घर निर्माणका लागि रु ५१ हजार सहयोग दिएका छन् । केहि महिना अघि आगलागीका कारण घरबारविहीन भएका शिवसताक्षी नगरपालिका १ निवासी तारा नेम्वाङको घर निर्माणका लागि उनले उक्त सहयोग उपलव्ध गराएका हुन् ।
त्यस्तै, शिवसताक्षी सेवा समाज काठमाण्डौले रु २६ हजार ,शिवसताक्षी सवारी चालक मञ्चले पनि अग्नी पीडितको घर निर्माण लागि रु ५ हजार ५ सय सहयोग प्रदान गरेको छ ।
अग्नी पीडित नेम्वाङको घर बनाइदिन खेलकुद महासंघ लगायतका समूहले एक अभियान सञ्चालन गरिआएको छ । आर्थिक अवस्था कमजोर भएका नेम्वाङको परिवार आगजनीका कारण बिचल्लीमा परेपछि घर बनाउनका लागि अभियानमा रकम जुट्ने क्रममा जारी रहेको छ ।