दमक नगरपालिकाद्धारा बजेटका सन्दर्भमा अन्तरकृया

दमक,६ असार । दमक नगरपालिकाले आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयका बारे सुझाव संकलन शुरु गरेको छ ।
नीति तथा कार्यक्रमसहितको वजेटका बारे नगरपालिकाले आज पत्रकारहरुका साथै बिभिन्न संघ संस्थाका प्रमुखहरुसंग संक्षिप्त अन्तरकृया गरि राय,सझाव संकलन गरेको हो ।
बजेट तथा योजना तर्जुमा समितिकी संयोजक तथा नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अन्तरकृयासहित राय,सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, पत्रकारहरु कृष्ण कार्की, गोपाल झापाली लगायतले सुझाव राख्दै नगरपालिका सञ्चारमैत्री हुनु पर्ने सुझाव दिएका थिए ।

त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले आजै नगर भित्र रहेका राजनैतिक दलका अगुवा साथै संघ संस्थाका प्रमुखहरु संग छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक बहुमुखी क्याम्पसका प्रमुख डा. नेत्र बहादुर बुढाथोकी लगायतले सुझावसहित वजेटका प्राथमिकताका विषयमा आफनो धारणा राखेका थिए ।
अन्तरकृयामा नगर उप प्रमुख भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकिय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी बर्षको बजेट ल्याउने बताए । वजेटका सन्दर्भमा स्थानीयहरुबाट प्राप्त सुझावहरुलाई संकलन गरि बजेट ल्याउने मेयर थापाको प्रतिवद्धता थियो ।

Leave a Reply

Your email address will not be published.