बाढीले अटो बगाउँदा युवतीको मृत्यु

झापा , ६ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका १ को बाघ खोलाले टेम्पो बगाउँदा १ जना युवतीको मत्यु भएको छ ।
आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरानतर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका १ की १७ बर्षीया स्टिफिना राई र चालक धरान १७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।
टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाका बारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

मोटरसाईकल दुर्घटनामा धिमालको मृत्यु
मोरङ । मोरङको बेलबारी–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाईते भएका छन् ।
सोमबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी–१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे–६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका छन् ।
दुर्घटनाबाट घाईते भएका दुवैलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएकोमा कुसुमलालको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.