जनप्रतिनिधिसहित ५ सय बढी विद्यार्थीलाई स्काउटद्धारा दीक्षित

मेयर,उपमेयरलाई दीक्षित गरिदै

दमक ,४ असार । दमक नगर नगर स्काउट तदर्थ समितिको संयोजनमा आज नगर प्रमुख, उप प्रमुख सहित बिद्यार्थीहरुलाई दिक्षित गरिएको छ ।
७० औ स्काउट दिवसका अवसर पारेर नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उप प्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईंसहित नगर भित्रका स्काउट सञ्चालन रहेका बिद्यालयका ५ सय भन्दा धेरै बिद्यार्थीहरुलाई एकै साथ सपथ खुवाएर दीक्षित गरिएको हो । दमक नगर स्काउट संरक्षक नगर प्रमुख थापा र नगर स्काउट प्रमुख नगर उप प्रमुख भट्टराईलाई प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले सपथ ग्रहण गराएका थिए ।
त्यसपछि दमक नगर स्काउट सदस्य सचिव नगरका शिक्षा अधिकृत दिनेश न्यौपानेलाई नगर स्काउट प्रमुख भट्टराईले सपथ गराए भने दीक्षित बिद्यार्थीहरुलाई स्काउटकी राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सपथ गराएकी थिइन् ।
अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त १ विद्यालय १ स्काउट दलको नीति कार्यान्वयनका लागि दमक नगरका सबै बिद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भैरहेको स्काउट दमक नगर तदर्थ समिति संयोजक ओम आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.