रबिन्द्रनाथ टैगोर पुरस्कारबाट दमकका भट्टराई र पोखरेल पुरस्कृत हुँदै

दमक ,१४ जेठ । विश्व बिख्यात साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा,दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् । दमकमा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका हुन् ।
१६४ राष्ट्रका अंग्रेजी साहित्यका साहित्यकारहरुको संस्था मोटिभेसनल स्ट्रिसले साहित्यकारद्वय भट्टराई र पोखरेलको नाम उक्त पुरस्कारका लागी सिफारिस गरेको हो । यसबर्ष विश्वका २४० साहित्यकारहरुलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने छ भने नेपालबाट भट्टराई र पोखरेल छनौट भएका हुन् । दुबैजना दमक निवासी हुन् ।
विश्व बिख्यात साहित्यकारको नाउँ जोडिएको पुरस्कारबाट पुरस्कृत हुने खबर पाउँदा अत्यन्तै हर्ष लागेको साहित्यकार पोखरेलले बताए । रबिन्द्रनाथ टैगोर जस्तो साहित्यकारको नाउँमा आफु जोडिन पाउनुनै विश्वका कुनै पनि लेखक साहित्यकारहरुको सपना हुने भन्दै उनले यसबाट आफुलाई अझ हौसला मिलेको बताए ।

Leave a Reply

Your email address will not be published.