
दमक,३१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका तीन वटा पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । झापा,क्षेत्र नम्बर ५ अन्तर्गत दमकसहित कमल,गौरादह र गौरीगन्ज गाउँपालिका मध्ये तीन वटा पालिकाको स्थानीय निर्वाचनमा कांग्रेसले शुरुवाती अग्रता लिएको हो ।
दमकमा एमाले र कमल,गौरादह र गौरीगञ्ज गाउँपालिकामा भने कांग्रेसका उम्मेदवारले शुरुवाती अग्रता लिएको छ । कमलको वडा न. १ को १०७७ मत गन्दा कांग्रेसका हुकुमसिंह राईले ५६६ मत पाए भने उनका प्रतिद्धन्दी एमालेका भिम राईले ३२१ मत प्राप्त गरेका छन् । त्यस्तै,उपाध्यक्षमा गठबन्धनका पर्शुराम सुवेदीले ५८६ र एमालेकी प्रमिला न्यौपानेले २९४ मत प्राप्त गरिन् । त्यस वडामा गठबन्धनका वडाध्यक्षले ४२४ र एमालेका उम्म्ेदवारले ३२४ मत पाएका छन् ।
गौरादहमा कांग्रेसका रोहित साह, गौरीगञ्जमा कांग्रेसकी फूलवती राजवंशीले शुरुवाती अग्रता लिदैआएका छन् । ती पालिकामा झिनो मतान्तरण मतपरिणाम आईरहेका छन् ।
दमकमा एमालेको अग्रता कायमै
यसैगरि , दमक १ को १५६४ मत गणना हुदाँ एमालेकी गीता अधिकारीले ६९७ र गठबन्धनबाट राप्रपाका राम थापाले ६४१ म्त पाएका छन् । यस्तै, उपप्रमुखमा एमालेका अम्बिका खनालले ६१८ मत र गठबन्धनबाट कांग्रेसकी रेगिना भटटराईले ६२२ मत प्राप्त गरेकी छन् । वनेडामा एमालेका हरिप्रसाद न्यौपानेले ६७५ र राप्रपाका तारा अधिकारीले ६२९ मत पाएका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा दमकसहित कमलमा एमाले र गौरादहमा कांग्रेस र गौरीगन्जमा राप्रपाले जितेको थियो ।
कमलमा गठबन्धनलाई बदर मतको मार
कमल १ मा जारी मतगणनामा गठबन्धनको बदर मत धेरै देखिएको छ । ९७७ गणना हुदाँ गठबन्धन तर्फ अध्यक्षमा ९९ , उपाध्यक्षमा २०७ र वडाअध्यक्षमा ८२ मत बदर भेटिएको थियो । कमलका ७ वडामा यस्तै बदर मतको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।