ब्राउन सुगरसहित एक पक्राउ

काकडभिटटा, २५ चैत । प्रहरीले झापाको काकडभिटटाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगपालिका ९ बस्ने २५ वर्षीय राजीव रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
बिहीबार मेचीनगर नगपालिका ६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो ।प्रहरीले उनको साथबाट ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए । रायमाझी भारतबाट नेपाल आउँदै गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published.