ट्याक्टर पल्टिदाँ मजदुरको मृत्यु

दमक,२४ चैत । ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ दमकमा एक जना मजदुरको मृत्यु भएको छ । दमक –१० स्थित भित्री सडक खण्डमा सिमेन्ट बोकेको मे १त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टिदा टयाक्टरले किचेर दमक –८ का २३ बर्षीय विकास ताजपुरियाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा गंभीर घाईते उनको दमकस्थित एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.