पथरी क्याम्पसको अध्यक्षमा बस्नेत विजयी

अध्यक्ष बस्नेत

पथरीशनिश्चरे, २८ फागुन । यहाँस्थित पथरी बहुमुखी क्याम्पसको अध्यक्षमा रामबहादुर बस्नेत निर्वाचित भएका छन् । सञ्चालक समितिको आज भएको बाट एमालेको प्रगतिशील समूहबाट उम्मेदवार बनेका बस्नेतले १ सय ५२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।
उनले ३८ मत बढी ल्याएर निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार दिपक वस्नेतलाई हराउदै अध्यक्षमा निर्वाचित भए ।
यसैगरी ,चार दलीय गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल सम्मिलित गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार माधव कोइरालाले १४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेदवार नबोलकिशोर खनाल (११०मत ) प्राप्त गरेका थिए ।
२ सय ७७ जनाले मतदान गरेको उक्त निर्वाचनको अन्तिम वेलुकी ९स्४५ बजे निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीले घोषणा गरे ।
उनका अनुसार ८ जना खुल्ला सदस्यका लागि उद्धव राज बस्नेत (१६३), उमानाथ अधिकारी (१६५ ) ,एकराज निरौला ( १६१), कर्ण बहादुर विश्वकर्मा( १३३ ), खगेन्द्र लुईटेल( १३९ ),प्रदीपकुमार राई (१४७ ),विजयजंग बस्नेत ( १३२) मत ल्याएर विजयी भएका छन् । सदस्यका प्रत्यासीहरु खेमनाथ ढुंगेल( ११०),विन्द वनेम लिम्बु (८६),नरेश कुमार घातनी (९४ ),मान बहादुर श्रेष्ठ( ८४),रमेश राई (७५),लोकनाथ खरेल (११४ ),हर्कबहादुर राई ( ११६ ) मत ल्याएका थिए । यस्तै, ४ जना महिला सदस्यको लागि अरूणा राई (१२९), दुर्गा सुवेदी (१४७ )पार्वती भण्डारी बर्षा सुब्बा डाँगी (१२९ ) ,विजयी भए । उनहरुका प्रतिष्पर्धीहरुमा ज्योति सावा कन्दङ्वा (९९ ),प्रेम कुमारी ढकाल (९६ ),विन्दादेवि राई (९७)
विष्णु कुमारी बस्नेत विष्ट (११९ ) मत प्राप्त गरेका थिए ।
लेखा समितिको संयोजकमा डिल्ली राज दाहाल शुक्रबार नै सर्वसम्मत निर्वाचित भएका थिए । अन्य २ जना सदस्य पदमा कमल बहादुर भट्टराई (१९१ र दुर्गा प्रसाद सिटौला ( १५४) विजयी भएका थिए । mेखा सदस्या दिलिप कुमार तामाङ (८९) मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published.