
दमक,२४ फागुन ।नेपाली कांग्रेस दमक -८ वडा समितिले पार्टी संगठन निर्माणमा सहयोग पुरयाँउन हेतुले एक सल्लाहकार समिति गठन गरेको छ ।
कांग्रेस वडा सभापति चन्द्र खत्रीको अध्यक्षतामा आज बसेको वडा कार्यसमितिको बैठकले भेषराज भण्डारीको संयोजकत्वमा नौ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको वडा सचिव श्याम तिम्सीनाले बताए । उनका अनुसार गठित सल्लाहकार समितिको सहसंयोजकमा डोयना दाहाल र सल्लाहकार सदस्यहरुमा टिका भट्टराई,देव सुवेदी,शारदा खनाल,भेषबहादुर निरौला,गंगा प्रसाद शिवाकोटी, अनन्त दाहाल र कर्ण नेपाल रहेका छन् ।
यसैगरि वडा समितिले पार्टी संगठन सुढृढिकरण गर्न वडा भित्रका ७ वटा स्थानमा टोल स्तरका समिति गठन गरि पार्टी गतिविधि तीव्र पारिएको वडासभापति खत्रीले बताएका छन् ।