संरचना पूर्ननिर्माणमा सांसद लिम्बूको रु ५१ हजार सहयोग

माइधार,२४ फागुन । झापा क्षेत्र नं ४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्बूले शिवसताक्षीमा अवस्थित पर्यटकीयस्थल दोमुखाको क्षतिग्रस्त संरचना पूर्ननिर्माणका लागि रु ५१ हजार सहयोग उपलव्ध गराएका छन् ।
आफनो निर्वाचन क्षेत्रमा पर्ने पर्यटकीयस्थल दोमुखामा दुई साता अघि आगलागीबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सञ्चालित अभियानको शुभारम्भ गर्दे उनले उक्त सहयोग उपलव्ध गराएका हुन् ।
सहयोग हस्तान्तरणका क्रममा सांसद लिम्बूले क्षतिग्रस्त पर्यटकीयस्थल पुननिर्माणका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउँदै थप सहयोगको समेत प्रतिबद्धता जनाए ।
करिब दुई साता अघि दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एक तले भवनमा बिजुली सर्ट भएर अचानक आगलागी हुदा सोहि भवनमा भाडामा तथा होटल सञ्चालन गर्दै आएका सर्वसाधारणले समेत ठुलो क्षति ब्यहोर्नु परेको थियो । आगलागीमा ४३ बर्षिया बालिका भण्डारी र उनकी छोरी १४ बर्षिया अस्मिता भण्डारी जलेर घाईते भएकी थिइन् । घाईते दुवै हाल उपचाररत रहेको बताईएको छ । सो भवनमा हरी भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, र डम्बर मगरले होटल सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.