
बेलबारी,२० फागुन । कारको ठक्करबाट मोरङको बेलबारी- ४ बेतनामा एक जना पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जादै गरेको बा १६ च १२५३ नम्बरको कारले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही ठाउँका अन्दाजी ६५ बर्षिय हरी बहादुर बिकलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाईते भएका बिकलाई उपचारका लागि धरान पठाइएकोमा बिहिबार राती करिब ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालक मोरङ, बिराटनगर -६ का ४४ बर्षिय राजकुमार भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।