
कमल,१० फागुन । नेपाली कांग्रेस कमल- ४ मा आज एकैदिन दुई वटा टोल समिति गठन गरिएको छ । वडा सभापति सागर राईका अनुसार कमल ४ को सितापुरी-एकता(डाफेचुलाचुली ) र ज्योति टोलमा टोल समिति गठन गरिएको छ । सितापुरी- एकता (डाँफे चुलाचुली ) टोल समितिको सभापतिमा बिशाल बराइली, उपसभापतिमा अर्जुन राई , सचिवद्धयमा रमेश गुरागाई, भद्रमाया लिम्बू र कोषाध्यक्षमा इन्दिरा सापकोटा चुनिएका छन् ।
गठित टोल भेलामा विभिन्न पार्टी परित्याग गरि भुदेब राई, पासाङ लामा, सुधन राई, समीर मुखिया ,भरत कुमार गौतम ,राज कुमार तामाङ ,सुदिप राई,प्रदिप राई,राज श्रेष्ठ , सुजन राई,सगुन लिम्बू,मदन राई,जुद्द राई,दिलिप समाल,अनिल बराइली ,उषा धिमाल ,मनोज धिमाल ,देउकला भारती र अमित प्रसाद पाण्डे कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई साधारण सदस्यता प्रदान गरि टोल समितिमा राखिएको वडासभापति राईले बताए ।
यसैगरि सुवास राई सचिव, मिना गुरुङ कोषाध्यक्ष र धन राज लिम्बू,देबि लिम्बू, हर्क राई, रकि बराइली, पदम सुन्दर राई लगायत रहेको ज्योति टोल कार्य समिति समेत गठन गरिएको थियो । वडा समितिले वडाको पशुपति टोल ,सितापुरी एकता डाफे चुलाचुली टोल , ज्योति टोल, किरात टोल गरि चार वटा टोल समिति गठन गरिएको सभापति राईले बताएका छन् ।