
दमक ,९ फागुन । दमक जेसीजले आज सोमबार दमकका तीन विद्यालयका एक सय ७५ जना विद्यार्थीहरुको आँखा जाँच गरेको छ । आफनो बार्षिक कार्यक्रम अन्तर्गत दमक जेसीजले दमक ८ का एलाईड अंग्रेजी बोर्डिङ स्कूल, रोजियट बोर्डिङ स्कूल र झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए । उनका अनुसार एक दिने शिविरमा यूकेजीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुको आखाँ परीक्षण गरिएको हो ।
मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा आयोजना गरिएको आखाँ परीक्षण उद्घाटन कार्यक्रम दमक जेसीजका पूर्व अध्यक्ष दिलीप श्रेष्ठको प्रमु आतिथ्यतामा भएको थियो । शिविरमा नेत्रालयका सिनियर नेत्र सहायक अशोक तिवारीसहितका स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग पुरयाँएको थियो ।
शिविरमा परीक्षण गरिएका मध्ये करिव २० जनामा भने आखाँ कमजोर देखिने लगायतका समस्या पाईएको टोलीमा सहभागि नेत्र सहायक तिवारीले बताएका छन् । उक्त शिविर सफल बनाउन दमक जेसीजका उपाध्यक्ष साजन श्रेष्ठ संयोजक रहेका थिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, पूर्व अध्यक्षहरु नेत्र चम्लगाई, नरेन्द्र बराल, कमल कटवाल लगायतको आतिथ्यता रहेको थियो भने कार्यकारिणी उपाध्यक्ष सन्दिप न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । शिविरमा जेसीजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
