कियाचु नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा नेम्बाङ

दमक,५ फागुन । किरात याक्थुङ चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको अध्यक्षमा समाजसेवी भिमप्रसाद सुब्बा नेम्बाङ चुनिएका छन् । बुधबार सम्पन्न चुम्लुङ नेवाःताम्सालिङ वागमती प्रदेशको सम्पन्न दोश्रो प्रदेश अधिबेशनले नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष चन्द्र योङहाङ,मुख्यसचिवमा प्रदिप योङहाङ,सचिवमा उत्सव सम्बाहाम्फे र कोषाध्यक्षमा राम तिलीङ चुनिएका छन् । यसैगरि सदस्यहरुमा कविराज आङदेम्बे,नितेश सिंगक, इन्दिरा हुक्पा चोङबाङ,जयन्ती लावती,रेश्मा खेवाङ,संगीता सुहाङ र रितुराज तेयुङ चुनिएका छन् । यस्तै कल्पना खापुङ,लक्ष्मी योङहाङ,छत्रबहादुर लिवाङ,मोहन कुमार नेम्बाङ,दिलकुमार चोङबाङ,निलु नेम्बाङ र सृजना पाहिम चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.