राप्रपा नेपालका अध्यक्षमा कमल थापा

झापा,१ फागुन । राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आइतवारै दिएको शेर्पाले बताए ।
‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आयोगलाई दिईसकेका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आइतवारबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने । केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । एक साता भित्र थापाले काठमाडौमा एक कार्यक्रम गरि औपचारिक रुपमा पार्टी घोषणा गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.