बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

कमल ,२८ माघ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -४ स्थित सडकखण्डमा बोलरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी–८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे ६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भीर घाईते भएका स्कुटर चालक गहतराजको उपचारका क्रममा दमकस्थित लाईफलाईन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.