नेवःदेय् दबू गौरादहको नयाँ नेतृत्व

गौराहद,२७ माघ । नेवःदेय् दबू गौरादहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट डिल्लीराम श्रेष्ठको अध्यक्षतामा नेवःदेय् दबू गौरादहको १५ सदस्यीय नगर समिति गठन गरिएको छ ।
सर्वसम्मत गठित समितिको वरिष्ठ उपाध्यक्षमा तारा कुमार श्रेष्ठ,उपाध्यक्षमा याम बहादुर श्रेष्ठ,महिला उपाध्यक्षमा भिमा देवी श्रेष्ठ ,सचिवमा गणेश कुमार श्रेष्ठ ,महिला सचिवमा कल्पना श्रेष्ठ र कोषाध्यक्षमा खेमराज श्रेष्ठ चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा तिलक बहादुर श्रेष्ठ ,टंक बहादुर श्रेष्ठ,शम्भु श्रेष्ठ, सिमला श्रेष्ठ ,कृष्ण प्रधान,लोक बहादुर श्रेष्ठ , सुशील श्रेष्ठ र टंकमाया श्रेष्ठ चुनिएका छन् ।
यस्तै, नेवःदेय् दबू वडा न. १,२,र ३ को विमला श्रेष्ठ (बोध कुमारी ) को अध्यक्षतामा ११ सदस्यीय संयुक्त वार्ड समिति समेत गठन गरिएको थियो । यस्तै, चुडामणि श्रेष्ठको अध्यक्षतामा वडा न. ४ मा १३ सदस्यीय र वार्ड नं ५ मा बम बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय वार्ड समिति समेत गठन गरि वनगठित समितिलाई बैठक खाता, देयःदबूको झण्डा र शंखधर साख्वाको तस्बिर हस्तान्तरण गरिएको नगर समितिका बरिष्ठ उपाध्यक्ष ताराकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.