ट्रकले ठक्कर दिदाँ महिलाको मृत्यु

गौरादह,२६ माघ । झापाको गौरादहमा आज दिउँँसो ट्रकले ठक्कर दिदाँ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ की ५३ वर्षिया हिमा देवी दाहाल रहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
प्रहरीका अनुसार गौरादह –पाडाजुंङ्गी सडकखण्डकको गौरादह १ स्थित गुरुङ चौक सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ न. को धान बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१४प ३३२६ मोटरसाइकललाई ठक्कर दिदाँ त्यसमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मृतकका श्रीमान मोटरसाइकल चालक ५६ वर्षिय नन्दलाल दाहाल भने सकुशल रहेको बताइएको छ । दुर्घटना गराउने ट्रक बाटो छेउमा पल्टन पुगेको थियो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक गौरादह– १ का ३६ वर्षिय सन्तोष अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.