माओवादीले तोक्यो झापाका पालिकाहरुमा इञ्चार्ज र सहइञ्चार्ज

दमक,२६ माघ । नेकपा माओवादी केन्द्रले झापाका सवै पालिकाहरुमा पार्टीका इञ्चार्ज र सहइञ्चार्जहरु तोकेको छ । पार्टीको १ नम्बर प्रदेश कमिटीको बैठकले सबै पालिकाहरुमा जिम्मेवारी तोकेको हो ।
बैठकले दमक नगर इञ्चार्जको जिम्मेवारी बेदु गौतमलाई र सहइञ्चार्जको जिम्मेवारी तिर्थराज बस्नेत (शंकर) लाई दिएको छ ।त्यस्तै गौरादह नगरमा पुष्प ढकाललाई इञ्चार्ज र माधव भट्टराईलाई सह इञ्चार्ज तोकेको छ भने कमलमा प्रताप सुब्बालाई इञ्चार्ज तोकेको छ ।

गौरीगञ्ज इञ्चार्जको जिम्मेवारी बिद्यानन्द राजवंशीले पाएका छन भने सहइञ्चार्जमा चन्द्रमोहन राजवंशी र नरेन्द्र डागीले जिम्मेवारी पाएका छन् ।
यसैबीच गौरीगञ्जमा माओवादी केन्द्रको गाँउ कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

किनालाल राजवंशीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा कुलप्रसाद गिरी, नारायण राजवंशी र कल्पना राई , सचिवमा राजेन्द्र राई ,सहसचिवमा भिम बहादुर राजवंशी र कोषाध्यक्षमा टंक बहादुर थापा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.